Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषध चरेशसहित सर्लाहीबाट तीन जना पक्राउ

आर एन यादव/ सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका वडा नम्वर २ स्थित नेपाल भारतको सिमाबाट शुक्रबार राति अवैध लागूऔषध चरेश सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर साविक टिस्टुङ गाविस वडा नम्वर १ हाल थाहा नगरपालिका वडा नम्वर ११ बस्ने माईला तामाङको ५९ वर्षीय छोरा बिर बहादुर बल, मकवानपुरकै कैलाश गाउँपालिका वडा नम्वर ५ बस्ने बल बहादुरकाको २५ वर्षीय छोरा सुकराम पाख्री र काभ्रे नमीबुद्ध नगरपालिका वडा नम्वर ११ बस्ने आईत सिंह तामाङको छोरा सुकलाला तामाङलाई प्रहरी चौकी गोरखकाली र सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट मलंगबाट खटिएको संयुक्त टोलिले उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट लागूऔषध चरेश जस्तो पदार्थ ११ किलो १ सय ग्राम, र सुकलालको साथबाट १६ हजार भारु रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका उनिहरु विरुद्ध लागूऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077