Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

निर्मला पन्त प्रकरण : न्यायका लागि कांग्रेस प्रवक्ता शर्माको सरकार समक्ष ध्यानाकर्षण

काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका छन् । आज निर्मलाको हत्या भएको तीन वर्ष पुगीसक्दा पनि हत्याराको कुनै अत्तोपत्तो नभएको बेला सामाजिक सञ्जालमार्फत् प्रवक्ता शर्माले आफ्नै दलका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्ण गराएका हुन् । निर्मलालाई न्याय दिनुका साथै कसैले पनि यस्तो नियति भोग्न नदिन विशेष तदारुकता बढाउन प्रवक्ता शर्माले सरकारसँग आग्रह गरेका छन् । प्रतिपक्षी हुँदा उठाएको प्रश्नको जवाफ दिने ठाउँमा पुगेको संकेत गर्दै प्रवक्ता शर्माले लेखेका छन्,’ बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते तीन वर्ष पुग्यो । सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’ अब गहन दायित्व निभाउनुपर्ने बेला आएको उनले लेखेका छन् । साथै प्रवक्ता शर्माले बालिका तथा महिला हिंसा, बलात्कार र हत्याको अनेक घटना भैरहेको भन्दै नियन्त्रणका लागि राज्य कठोर बन्नु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077