Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

खुमलटारमा रामचन्द्र-प्रचण्डबीच भेटवार्ता, सीताको स्वास्थ्यबारे चासो

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन्।

सोमबार बिहान प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उनी खुमलटार पुगेको प्रचण्डपुत्री गंगा दाहालले जानकारी दिईन।

दाहालका अनुसार वरिष्ठ नेता पौड्लले आमा(सीता) को स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए भने प्रचण्डसँग पनि केही समय राजनीतिक छलफल गरेका थिए।

लामो समयदेखि सीता पार्किन्सन्स रोगबाट पीडित छिन्।

यसअघि सीतालाई भेट्न प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पनि खुमलटार पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077