Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कोटेश्वरका माधव नेपाललाई सकस ! बालकोट कि बालुवाटार ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक चलिरहेको छ ।

बैठक बानेश्वरस्थित एक ब्याङ्क्वेटमा बसेको नेपाल समूहका नेताहरुले बताएका छन्।

सत्तारुढ गठबन्धनमा समेत संलग्नता रहेको यो समूहको आजको बैठकलाई थप अर्थपूर्ण रुपमा हेरिएको छ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समूहलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । तर एमाले एकताको प्रक्रिया चलिरहेकाले यो समूह अहिलेसम्म सरकारमा सहभागी भने भएको छैन ।

यता, नेपाल समूहको पर्खाइमा रहेका प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिएका छैनन् भने उता एमालेको एकता प्रक्रिया पनि अन्यौलमै सीमित रहेको  छ । अझ पछिल्ला केही दिनयता अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको हर्कत र हुर्मतले गर्दा पार्टी एकता हुने छाँटकाँट कहीँ देखिएको छैन।

यस्तै, पार्टी एकताको लागि गठन गरिएको कार्यदलमा रहेका नेताहरुले एकताको दश बुँदे सहमति जुटाए पनि कार्यान्वयन हुन सकेको छैन । अध्यक्ष ओलीले एक पक्षीय स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक राखेका छन् भने माधव समूहले पनि आफ्नो समूहले गुटगत गतिविधि रोकेको छैन ।

यस्तो अवस्थामा नेता नेपाललाई सकस परेको बुझिन्छ। जस्तो कि : आफ्नै संघर्षले प्राप्त गरेको गठबन्धनको सरकारमा सहभागी हुने भए पार्टीबाट अलग हुने स्थिति देखिएको छ भने सरकार छाडेर पार्टीमै लाग्ने र एकता नै हुने हो भने उतिबेला गठबन्धनमा रहेर गरेका संघर्षहरुको औचित्य खेर जाने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077