Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

एमाले २२ सांसदलाई माधवको प्रश्न - ओलीले दोश्रो अध्यक्षको प्रस्ताव गरेका छन् के गरौं ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो अध्यक्ष बन्न प्रस्ताव गरेको भन्दै प्रस्ताव स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा आफू निकट नेताहरुसँग सुझाव मागेका छन् ।

बुधबार नेता नेपालले आफू निकट २२ सांसदलाई बोलाएर अध्यक्ष ओलीले दोस्रो अध्यक्षको प्रस्ताव गरेक बताउँदै स्वीकार गर्ने वा नगर्ने विषयमा सुझाव मागेका हुन्

नेपालले सुझाव मागेकामध्ये अधिकांश सांसदले ओलीले गरेको दोस्रो अध्यक्षको प्रस्ताव कपटपूर्ण हुन सक्ने भन्दै प्रस्ताव अस्वीकार गर्न आग्रह समेत गरेका छन्।

'हामीले दोस्रो अध्यक्ष अस्वीकार गर्न सुझाएका छौं, ओलीले पदलोलुप देखाउन उक्त प्रस्ताव गरेको हाम्रो विश्लेषण रह्ययो, बैठकमा सहभागी सांसद मेटमणि चौधरीले भने,' ओलीले फेरि पनि कपट गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077