Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सचिव बढुवामा तीन सहसचिवको नाम सिफारिस

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पद(विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

सिंहदरबारमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय हरी मैनाली, डिल्लीराज शर्मा र राज कुमार श्रेष्ठको नाम सिफारिस गरेको हो ।

मैनाली श्रम, रोजगार तथा रोजगार मन्त्रालयमा छन् भने शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र श्रेष्ठ निर्वाचन आयोगको कार्यालयमा कार्यरत छन् ।

सचिव बढुवाको निर्णय अब बस्ने मन्त्रिपरिषद् बैठकबाट  हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077