Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

असई अम्बिका असार महिनाको 'उत्कृष्ट प्रहरी अफ द मन्थ' घोषित

काठमाडौँ।  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) अम्बिका गिरी असार महिनाको 'उत्कृष्ट प्रहरी अफ द मन्थ' घोषित भएकी छिन्।

असई गिरीले आफ्नो जिम्मेवारीलाई ईमान्दार, कर्तव्यनिष्ठ एवं प्रशंसनीय ढंगबाट निर्वाह गरेको, विमानस्थलमा आउने यात्रुहरुलाई समेत उत्कृष्ट तवरबाट सेवा प्रदान गर्दै कोभिड-१९ सङक्रमणको रोकथाम तथा नियन्त्रणको लागि सरकारद्वारा जारी गरिएको निषेधाज्ञाको समयमा समेत हवाई यात्रुहरुको यात्रा सुरक्षित बनाउन मुख्य भूमिका खेलेको मुल्यांकनको आधारमा उत्कृष्ट घोषित भएकी हुन्।

विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार पुरस्कृत असई गिरीले विमानस्थलमा सुरक्षा प्रदान गर्न प्रभावकारी भूमिका खेली आफूलाई तोकिएको जिम्मेवारीलाई विभागिय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077