Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • टोकियो ओलम्पिक : जापान शीर्षस्थानमा कायमै, हालसम्म कुन देशले कति स्वर्ण जित्यो ?

    टोकियो ओलम्पिक : जापान शीर्षस्थानमा कायमै, हालसम्म कुन देशले कति स्वर्ण जित्यो ?

    अनलाइन नेपाल
  • बिहिबार, १४ साउन २०७८
  • 1.8K
    SHARES

    एजेन्सी । ३२ औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को पाँचौ दिनको खेल सकिदा आयोजक जापानले पदक तालिको शीर्षस्थानमा कायमै छ। तेस्रो दिनदेखि पदक तालिकाको शीर्षस्थानमा रहेको जापानले बुधबार ३ स्वर्ण थप्दै आफ्नो शीर्षतालाई कायम राखेको हो।

    पाँचौं दिनको खेल सकिँदा जापानले १३ स्वर्ण, ४ रजत र ५ कास्य गरी कुल २२ पदक जितेको छ। दोस्रो स्थानमा उक्लिएको चीनले १२ स्वर्ण, ६ रजत र ९ कास्यगरी २७ पदक हात हात पारेको छ। तेस्रोमा झरेको अमेरिकाले ११ स्वर्ण, ११ रजत र ९ कास्यगरी ३१ पदक हात पारेको छ। रसियन खेलाडीको टोली (आरओसी) स७ स्वर्ण, ९ रजत र ६ कास्यसहित २२ पदक जित्दै चौथो स्थानमा यथावत रहेको छ।



    यसअघि सातौ स्थानमा रहेको अष्ट्रेलियाले बुधबार ३ स्वर्ण र ४ कास्य थप्दै कुल ६ स्वर्ण, १ रजत र ९ कास्यगरी १६ पदक जितेर पाँचौ स्थानमा उक्लिएको छ। इंग्ल्यान्ड ५ स्वर्ण, ६ रजत र ५ कास्यगरी कुल १६ पदकसहित एक स्थान तल झरेको छ। दक्षिण कोरियाले ४ स्वर्ण २ रजत र ५ कास्यगरी कुल ११ पदक हात पार्दै सातौ स्थानमा रहेको छ।



    जर्मनी, फ्रान्स र नेदरल्यान्ड्स शीर्ष १० मा रहेका छन्। जर्मनीले ३ स्वर्ण, २ रजत र ५ कास्यगरी १० पदक जितेको छ। फ्रान्सले ३ स्वर्ण, २ रजत र ३ कास्यगरी ८ पदक जितेको छ। नेदरल्यान्ड्सले २ स्वर्ण, ६ रजत र ३ कास्यगरी ११ पदक जितेको छ।

    क्यानडा, हंगेरी, स्लोभेनिया र कोसोभोले समान २ स्वर्ण जितेका छन्। इटाली, स्वीट्जरल्यान्ड, चाइनिज ताइपेइ, ब्राजिल, जर्जिया, रोमानिया, सर्विया, अष्ट्रिया, हङकङ, ट्युनिसिया, क्रोएसिया, इस्टोनिया, उज्वेकिस्तान, बर्मुडा, इक्वेडर, फिजी, इरान, नर्वे, फिलिपिन्स र थाइल्यान्डले समान १ स्वर्ण जितेका छन्। टोकियो ओलम्पिकमा २०५ राष्ट्र र शरणार्थी टोलीमध्ये हालसम्म ३४ राष्ट्रले स्वर्ण जित्दा ६१ राष्ट्रले पदक जित्न सफल भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार