Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २४ बर्षीय विनायक पक्राउ

भक्तपुर । तेह्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार साँझ चाँगुनारायण नगरपालिका-७ मुहानपोखरी डेरा गरी बस्ने सूर्यगढी नगरपालिका-२ घर भएका साईला घिसिङ भन्ने २४ वर्षीय बिनायक तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

गत असार ४ गते तामाङले ती बालिकालाई आफ्नै डेरामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई बाघटारस्थित त्रिसुली अस्पताल परिसरमा निर्माणाधिन भवनमा काम गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077