Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोनाको खोप नै बेचियो, २ सय डोज खोपसहित नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रहरी नियन्त्रणमा

    कोरोनाको खोप नै बेचियो, २ सय डोज खोपसहित नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • शुक्रबार, १५ साउन २०७८
  • 1.8K
    SHARES

    काँकडभिट्टा — झापाको विर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्का पक्राउ परेका छन्। कोरोना भाइरसविरुद्धको खोप बिक्रि गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो।

    विर्तामोडको एक होटलमा लुकाइएको २ सय डोज खोपसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ। टाइमलेस मुभमेन्ट होटलमा खोप लुकाएको थाह पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।



    फोकल पर्सन खड्कालाई समेत अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जनाए। पक्राउ परेका खड्काले होटल क्वारेन्टिनमा बस्नेलाई भनेर जिल्लाबाट आएको खोप भएको र कसैबाट पैसा नलिएको बताएका छन्।



    हालसम्म कसैले पैसा लिएको भनेर मौखिक वा लिखित उजुरी नदिएको पनि बताइएको छ। कसैले पैसा लिएको प्रमाणसहित उजुरी दिए ठगी मुद्धामा कारबाही प्रक्रिया अघि बढ्ने प्रहरीले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार