Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

पार्टीको विपक्षमा लाग्ने नेतालाई आगामी चुनावको टिकट नदिने ओलीको घोषणा

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतका नेताहरुलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् ।

शनिबार पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले काठमाडौं जिल्ला कमिटीको बैठकमा आफू नेतृत्वको सरकार ढलेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको दाबी गरे।

'पार्टीमा कुठाराघात गर्ने, विपक्षी भूमिका खेल्ने र फ्लोर क्रस गर्ने सांसदहरूलाई पार्टीमा कुनै ठाउँ हुँदैन,' अध्यक्ष ओलीले भने।

बाटो बिराएका एमाले नेताहरू जो माधव पक्षमा रहेका छन् उनीहरूलाई पार्टीमा ठाउँ भएको तर नेपाललाई भने कुनै ठाउँ नभएको ओलीको भनाइ छ।

कार्यक्रममा अध्यक्ष ओलीले आगामी निर्वाचनमा खुट्टा तान्ने र पार्टीको विपक्षमा लाग्ने नेतालाई टिकट नदिइने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077