Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

अन्तत: एमाले फुटकै संघारमा, 'गद्दार'लाई पार्टीमा ठाउँ नदिने 'बडामहाराज'को उद्घोष

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतका नेताहरुलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् ।

शनिबार पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले काठमाडौं जिल्ला कमिटीको बैठकमा आफू नेतृत्वको सरकार ढलेर विकास र समृद्धिको सपनामा कुठाराघात भएको दाबी गरे।

'पार्टीमा कुठाराघात गर्ने, विपक्षी भूमिका खेल्ने र फ्लोर क्रस गर्ने सांसदहरूलाई पार्टीमा कुनै ठाउँ हुँदैन,' अध्यक्ष ओलीले भने।

बाटो बिराएका एमाले नेताहरू जो माधव पक्षमा रहेका छन् उनीहरूलाई पार्टीमा ठाउँ भएको तर नेपाललाई भने कुनै ठाउँ नभएको ओलीको भनाइ छ।

कार्यक्रममा अध्यक्ष ओलीले आगामी निर्वाचनमा खुट्टा तान्ने र पार्टीको विपक्षमा लाग्ने नेतालाई टिकट नदिइने समेत बताए । ओलीको यस भनाइले  एकता पुन : संकटमा पर्ने देखिएको छ। पछिल्लो समय एमाले अध्यक्ष ओली र नेता नेपालबीचको आन्तरिक कलहले गर्दा पार्टी बिभाजनको संघारमा पुगेको छ।

तर, पार्टीकै दोस्रो तहका नेताहरु र एकीकरणका लागि गठित कार्यदलले भने एकताको प्रयास गरिरहेको बेला ओलीद्वारा 'गद्दार' को उपमा पाएका नेपाल र बडामहाराजको संज्ञा पाएका ओलीको पुनर्मिलन असम्भव जस्तै भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077