Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषध मुद्दामा फरार रहेका मिया पक्राउ पक्राउ

राम नारायण यादव /  जनकपुरधाम । लागूऔषध मुद्दाका फरार एक जना प्रतिवादीलाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको लहान नगरपालका वडा नम्वर २ बस्ने २८ वर्षीय कोमुर्तुजा मिया रहेका छन् ।

सिरहा जिल्ला अदालतको २०७६ असार २२ गते गतेको फैसला आदेशले लागूऔषध मुद्दामा दोषी ठहर गर्दै उनलाई १ लाख रुपैयाँ जरीवाना तोकिएको थियो । त्यसबेला देखि नै उनी फरार थिए । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलिले उनलाई घरबाटै नियन्त्रणमा लिएको थियो ।

आवश्यक कारबाहीका लागि उनलाई सिरहा जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077