Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विभिन्न मुद्धामा फरार तीन प्रतिवादी पक्राउ

पाल्पा – पाल्पामा विभिन्न मुद्धामा फरार तीन जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरी कार्यालयका अनुसार उनीहरुलाई जिल्ला अदालतमा पेश गरिएको छ। प्रहरीका अनुसार रामपुर नगरपालिका–३ का ५० वर्षीय खगनाथ न्यौपाने, रम्भा गाउँपालिका–१ का ४९ बर्षीय कृष्ण प्रसाद पाठक र नस्दी गाउँपालिका–१ का ६० वर्षीय वीरबहादुर पुलामीलाई अदालतमा पेश गरिएको हो।

न्यौपानेलाई बैकिङ्ग कसुर मुदमा ७ लाख ३० हजार जरिवाना बुझाउन बाँकी रहेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ। पाठक बहुविवाह मुद्दामा एक वर्ष ३ महिना कैद सजाय भई फरार रहेका थिए भने पुलामी जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद सजाय फैसलापछि फरार रहेका थिए। उनीहरु तीनैजनालाई अदालत पेश गरिएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077