Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

४ महिनापछि एमाले होइनौं भन्ने पूर्वमाओवादी नेताहरुको रिट न्यायाधीश खतिवडाको इजलासमा

काठमाडौं । सांसद पदमा पुनर्वहाली गरी पाउँ भन्दै दायर गरिएको पूर्वमाओवादी नेताहरुको रिटमाथिको सुनुवाइका लागि आज पुनः पेशी तोकिएको छ । न्यायाधीश ईश्वर खतिवडाको इजलासमा चार नेताको मुद्दामाथि सुनुवाईको पेशी तोकिएको हो ।

गत बुधबार नेकपा एमालेमा प्रवेश गरेको ४ महिनापछि ‘हामी एमाले होइनौं, माओवादी नै हौं’ हाम्रो सांसद पद पुनर्वहाली गरियोस् भन्दै पूर्वमाओवादीका चार नेताहरुले दायर गरेको रिटमाथिको सुनुवाइका लागि यसअघि दुईपटक पेशी तोकिए पनि पछिल्लो पटक रिट निवेदककै तर्फबाट सारिएको थियो ।

सर्वोच्चमा दायर गरेको रिटमा पूर्वमाओवादी नेताहरुले आफूहरु आधिकारिक रुपमा एमाले प्रवेश नगरेको र माओवादी केन्द्रले सफाइको मौका समेत नदिइ सांसद पदबाट कारबाही गरेको जिकिर गर्दै आफूहरुमाथि गरिएको कारबाही खारेज हुनुपर्ने मागदाबी गरेका छन्।

गत चैत २६ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को पत्रका आधारमा संसद् सचिवालयले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई पदमुक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077