Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिराहामा ठूलो मात्रामा लागूऔषध बरामद, एक जना पक्राउ

रामनारायण यादव / जनकपुरधाम । प्रहरीले भारी मात्रामा लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ ।

आइतबार प्रहरीले सिरहाको लहान नगरपालिका वडा नम्वर १ बाट उनलाई लागूऔषधसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको संयुक्त टोलिले चेक जाँच गर्ने क्रममा को २६ प १८९ नम्वरको मोटरसाईकलसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सिरहाको नवराजपुर गाउँपालिका वडा नम्वर ५ बस्ने २६ वर्षीय प्रभु नारायण सिंह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्त एव डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका सिंहबाट चेकजाँचका क्रममा नाइट्राभेट १० लेखिएको ४ हजार ७ सय ४० वटा ट्याबेले, डाईजेपाम लेखिएको १ सय ९४ एम्पुल, फेनारगन लेखिएको १ सय ९४ एम्पुल, नाम लेवल नभएको १ सय ९४ एम्पुल र डाईलेक्स डि.सी १ सय मिली लेखिएको ७ बोलत लागूऔषध बरामद गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077