Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पेस्तोल र गोलीसहित नेपाल आउदै गरेका २ जना भारतीय नागरिक पक्राउ

दाङ। जिल्लाको गढवा गाउँपालिका-१ जुरैनीबाट नाइन एमएम चाईनिज जस्तो दखिने १ थान पेस्तोल, त्यसको २ थान म्याग्जिन र २ थान गोलीसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर पञ्चायत बढनी-३ घर बताउने २२ वर्षीय परमुल्ला अमिर र बढनी-८ बस्ने १९ वर्षीय राजा खान रहेका छन् ।

पैदल आउँदै गरेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त हतियारसहित फेला  पारेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077