Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस सभापति देउवा र उपसभापति निधिबीच भेटवार्ता, पौडेलसँग असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार साँझ उपसभापति विमलेन्द्र निधिलाई सरकारी निवास बालुवाटार बोलाएर छलफल गरेका छन्। १४ औँ महाधिवेशनमा निधि सभापतिको प्रत्याशी बन्ने बताएपछि देउवा र निधिबीचको भेट पातलिएको छ।

देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास पुगेका निधिले आफ्नो संयोजकत्वमा गठन भएको समायोजन समितिले सर्वसम्मतिबाट पारित गरिसकेको विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विवाद निकालेको बताएका छन्।

पौडेल पक्षको आग्रहमा निर्णय भइसकेको फाइल पुनः खोल्नु विधिसम्मत नभएको भन्दै निधिले बागलुङसहित जिल्लाका विषयमा उत्पन्न गरिएको विवादप्रति असन्तुष्टि व्यक्ति गरेका छन्। सो विषयमा सदस्यता छानबिन समिति प्रवेश गरेको भन्दै उनले असन्तुष्टि जनाएका हुन्।

समायोजनको बाँकी काम सक्न बैठक राख्न पनि पौडेलले असहयोग गरेको भन्दै निधिले निर्णय खोल्दै र फेर्दै जाने हो भने समायोजन समितिको औचित्यमाथि नै प्रश्न उठ्ने बताएका थिए। आजको नागरिक दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077