Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवा सचिवालयलाई कांग्रेस प्रवक्ताको पत्र : राम्रो काम गरे जनताले भिडियो बनाउछन्, पहिले काम गरौं

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवा सचिवालयको ध्यानाकर्षण गराएका छन्।

पार्टी सभापति समेत रहेका देउवाबारे उनको सचिवालयले सकारात्मक कुराहरूको भिडियो बनाउँदै सार्वजनिक गर्न थालेपछि प्रवक्ता शर्माले त्यसको ध्यानाकर्षण गराएका हुन्।

बिहीबार राति सामाजिक संजालमा ट्वीट गर्दै प्रवक्ता शर्माले यो भिडियो बनाउने नभएर काम गर्ने बेला भएको उल्लेख गर्दै सचिवालयलाई भनेका छन्,' ‘उहाँलाई सही सल्लाह र साथ दिने बेला हो,’ शर्माले लेखेका छन्, ‘काम राम्रो भए जनता आफैंले बनाउने छन् भिडियो नत्र पार्टीले बनाउला।’

यस्तै, शर्माले ‘पहिले फूल रोपेर गोडमेल गरेपछि सुवास प्रकृतिले नै फैलाउने दाबी गरेका छन्।

पछिल्लो समय प्रधानमन्त्री देउवाकै अनुमतिमा उनको सचिवालयले सकारात्मक कुराहरूको भिडियो बनाएर बाहिर ल्याउन थालेको थियो।

देउवाले गरेका राम्रा काम उल्लेख गरेर भिडियो सार्वजनिक गरेपछि उनको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077