Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

७२ हजार घुससहित सव-इन्जिनियर पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीबाट घुस लिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँस्थित बुढानीलकण्ठ नगरपालिकाका सव-इन्जिनियर विनोद कुमार पौडेल रहेका छन्।

आयोगका अनुसार सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्नपछि भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ७२ हजार घुस माग गरिरहेको सूचनाका आधारमा खटिएको टोलीले पौडेललाई पक्राउ गरेको हो ।

पौडललाई सेवाग्राहीसँग ७२ हजार घुस लिइसकेको अवस्थामा बुढानीलकण्ठ नगरपालिका वडा नं. ६ स्थित सव्रिना होटलबाट शुक्रबार नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

पक्राउ परेका पौडेलमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077