Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लियोनल मेसीलाई बार्सिलोनाका खेलाडीको ‘गुडबाई’

एजेन्सी । २१ वर्षपछि बार्सिलोनाका कप्तान लियोनल मेसीले क्लब छाडेका छन्। क्लब र खेलाडीबीच सम्झौता गर्ने सहमति भएपनि ला लिगाका नियमका कारण मेसीलाई अनुबन्ध गर्न नमिलेको हो।
यसैबीच शुक्रबार बार्सिलोनाका सहकर्मीहरुले मेसीलाई ‘गुडबाई’ भनेका छन्। सामाजिक सञ्जालमार्फत विभिन्न खेलाडीहरुले मेसीलाई ‘गुडबाई’ सन्देश दिएका हुन्।

शुरुमा सर्जियो बुस्केटले यस विषयमा आफ्नो विचार राख्दै मेसीलाई बिदाईको हात हल्लाएका छन्।

‘तिमी बच्चाको रुपमा आएका थियौ, इतिहासकै उत्कृष्ट खेलाडी भएर जाँदैछौ। क्लबलाई यो उचाइसम्म पु¥याउँदै व्यक्तिगत र टोलीका हिसाबले इतिहास बनाएका छौ,’ बुस्केटले भनेका छन्, ‘म तिम्रो र तिम्रो परिवारको राम्रो होस् भन्ने कामना गर्न मात्र सक्छु किनकि यसका लागि तिमी लायक छौ। तिमी मिस हुनेछौ।’

त्यस्तै जेरार्ड पिकेले पनि भावुक सन्देशसहित मेसीलाई गुडबाई भनेका छन्। ‘सबै कुरा सधैं उस्तै हुँदैन। क्याम्प नोउ सिटीको सहर होइन र हाम्रो पनि। २० वर्षभन्दा बढी समयपछि अब तिमीले बार्सिलोनाको जर्सी लगाउने छैनौ,’ पिकेले लेखेका छन्, ‘यो समय कठिन छ। हामी तिमीलाई मिस गर्नेछौं।’

सर्जियो रोबेर्टोले पनि मेसीलाई बिदाइको सन्देश दिएका छन्। ‘तिमीले हाम्रा लागि जे जति गरेउ त्यो हामीले फिर्ता गर्न सक्दैनौं। म तिमी र तिम्रा परिवारको राम्रो होस भन्ने कामना गर्दछु,’ उनले लेखेका छन्, ‘हामी तिमीलाई माया गर्छौं, तिमीलाई मिस गर्नेछौं।’

त्यस्तै बार्सिलोनाका पूर्व खेलाडी कार्लेस पियोलले मेसीलाई सबै कुराका लागि धन्यवाद दिएका छन्। ‘तिमीले दिएका कुराका लागि हामी तिमीलाई धन्यवाद दिन सक्षम हुने छैनौं। म तिम्रो लागि राम्रो कामना गर्दछु,’ उनले भने।

त्यस्तै जार्डी अल्बाले ९ सिजन सँगै बिताएको बताउँदै लामो सन्देश लेखेका छन्। कठिन समयबाट पनि आफूहरु यहाँसम्म आइपुगेको उल्ल्ेख गर्दै उनले मेसी उत्कृष्ट खेलाडी मात्र नभएर उत्कृष्ट मानिस भएको बताएका छन्। ‘साथी तिमीले क्लब र मित्रताका लागि दिएको साथका लागि लागि धेरै धन्यवाद। तिमी मिस हुनेछौं,’ उनले भने।

युवा फरवार्ड आन्सु फातीले मेसीसँग खेल्न पाएकामा आफूलाई भाग्यमानी महसुस भएको बताएका छन्। ‘मलाई तिमीले दिएको मायाका लागि धन्यवाद। मेरो परिवार र म तिमीले दिएको साथका लागि आभारी छौं,’ भनले भने।

त्यस्तै ग्रिजम्यानले पनि धन्यवाद दिँदै मेसीलाई बिदा गरेका छन्। ओसमान डिम्बेले, टरस्टेगनले पनि मेसीलाई भावुक सन्देशसहित बिदाईको हात हल्लाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077