Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बालाजुमा लागेको आगो निभाउन रानीपोखरी र माछापोखरीबाट लगियो पानी

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुट कारखानामा लागेको आगो निभाउन हेलिकप्टरले रानीपोखरी र माछापोखरीबाट पानी ओसारेका छन् । नेबिको बिस्कुट कारखानामा बिहान २ बजेबाट आगलागी सुरू भएको थियो।

आगो निभाउन सिम्रिक एयरको हेलिकप्टरले सात पटक पानी ओसारेको हो । प्रहरीका अनुसार आगलागी नियन्त्रणबाहिर गएपछि हेलिकप्टरसमेतको सहयोग लिइएको हो।

सिम्रिक एयरको हेलिकप्टरले माछापोखरीबाट चार पटक र रानीपोखरीबाट तीन पटक पानी ओसारेको सिम्रिक एयरले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि सेना, सशस्त्र, नेपाल प्रहरी र दमकलले प्रयास गरिरहेका छन्।आगो अझै पूर्ण नियन्त्रणमा नआएको बालाजु वृत्तका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताएका छन् ।

बिहान ९ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास गरिएको भएपनि अहिले भने पाँच वटा दमकलले आगो निभाइरहेको प्रहरीले जनाएको छ । आगलागीको कारण अझै खुल्न सकेकाे छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077