Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सकुशल रहेका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपतिको मृत्यु भनेर विज्ञप्ति जारी, साइबर अपराधमा मुद्धा

कर्णाली । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्नेविरुद्ध साइबर अपराधको मुद्दा लगाइने भएको छ।

उपकुलपति प्रा. डा. सिंहविरुद्ध शनिबार सुर्खेतमा एक समूहले विश्वविद्यालयको लेटर प्याड, छापको दुरुपयोग र प्रशासन अधिकृत दिनेश गौतमको हस्ताक्षर किर्ते गरी ‘उपकुलपतिको मृत्यु सम्बन्धमा’ भनेर विज्ञप्ति निकालिएको थियो।

‘विश्वविद्यालयमा कार्यरत उपकुलपति प्रा. डा. सिंहको अण्डकोषमा बिरालोले टोकेका कारण उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लग्ने क्रममा मृत्यु भएको छ। हामी विश्वविद्यालय प्रशासन साह्रै चिन्तित छौँ। उपकुलपतिको दाहसंस्कार उहाँकै जन्मस्थल कालीकोट नै गरिने छ,’ विश्वविद्यालयकै लेटरप्याड प्रयोग गरी निकालिएको विज्ञप्तिमा भनिएको छ।

यस कार्यले सिङ्गो विश्वविद्यालयको मानमर्दन मात्र नभई आफ्नो चरित्र हत्या गर्ने काम भएको उपकुलपति प्राडा सिंहले बताए। ‘यस घटनामा को–को संलग्न छन् भन्ने बारेमा अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन सुर्खेत र साइबर अपराध अनुसन्धान केन्द्रीय ब्यूरो काठमाडौँलाई जानकारी गराइसकेका छौँ’, उनले भने, ‘विश्वविद्यालय र मेरोपछि कुन समूह कसरी लागेको रहेछ भन्ने पर्दाफास अब बिस्तारै हुँदै जान्छ। म गलत छैन र यसमा आतिएको पनि छैन।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077