Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

खुमलटारमा प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई भेट्न आइतबार विहान चिनियाँ राजदूत होउ खुमलटाल पुगेको उनको सचिवालयले जनाएको छ।

सचिवालय स्रोतका अनुसार आघा घण्टा भएको भेटमा प्रचण्ड र होउबीच द्विपक्षीय सम्बन्धका विषमया छलफल भएको छ।

पछिल्लो समय नेपालीको राजनीतिक घटनाक्रममा चीनको सक्रियता बढेको चर्चा हुने गरेको छ ।

अहिले पनि कांग्रेस सभापति शेरबहादुर देउवा नेत्तृत्वको सरकारले पूर्णता नपाएको अवस्थामा चिनियाँ राजदूतसँगको यो भेटलाई अर्थपूर्ण रुपमा बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077