Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बढ्न थाले स्क्रबटाइफसका बिरामी, कस्तो हो यो रोग ?

    बढ्न थाले स्क्रबटाइफसका बिरामी, कस्तो हो यो रोग ?

    अनलाइन नेपाल
  • आइतबार, २४ साउन २०७८
  • 1.7K
    SHARES

    हेटौंडा । मकवानपुर जिल्लामा स्क्रबटाइफसका बिरामी बढ्दै गएका छन् ।  विगत आर्थिक वर्षका तुलनामा आर्थिक वर्ष २०७७÷७८ मा  बिरामी सङ्ख्यामा वृद्धि भएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार सो आव ६८ मा सो रोग फेला परेको मध्ये ४९ महिला र १९ पुरुष रहेको जनाइएको छ ।

    यसअघि आव २०७६/७७ मा २९  र आव २०७५/७६ मा २५ मा उक्त रोग फेला परेको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । चिकित्सकका अनुसार ‘माइट’ नामक किर्नाको टोकाइबाट स्क्रबटाइफस रोग लाग्ने गर्दछ ।



    यसबाट बच्न उक्त किरा खासगरी खेत, झाडी, घाँसलगायतका स्थानमा बस्ने मुसा प्रजातिमा पाइन्छ । स्क्रब भएका मानिसलाई १०४ डिग्रीभन्दा बढी कामज्वरो, धेरै टाउको दुख्ने, पसिना धेरै आउने आँखा रातो हुने, झाडापखाला लाग्ने, विस्तारै शरीरका मुख्य अङ्ग काम गर्ने छोड्ने बताइएको छ । -रासस



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार