Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मध्‍यपश्चिम विश्वविद्यालय

    उपकुलपति सिंहले भने – म जीवितै छु, विश्वविद्यालय सुधारेरै छाड्छु

    उपकुलपति सिंहले भने – म जीवितै छु, विश्वविद्यालय सुधारेरै छाड्छु

    अनलाइन नेपाल
  • आइतबार, २४ साउन २०७८
  • 2.5K
    SHARES

    फाइल फोटो

    सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्‍वविद्यालयको लेटर प्‍याड दुरूपयोग गरेर आफ्नो मृत्‍युको प्रचार गरेकोमा गम्भीर आपत्ति जनाएका छन्।

    सिंहले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘भ्रष्ट्राचार नियन्त्रण र विश्वविद्यालय सुधारको योजना अगाडि के सारेको थिए, म विरुद्ध चौतर्फी घेरा बन्दी भइरहेको छ, म जिवितै छु, न आतिनुस् विश्वविद्यालय सुधारेरै छाड्छु ।’



    आफनो मृत्यु भएको भनेर विज्ञप्ति निकाल्नेविरुद्ध दुईवटा साइबर अपराधको मुद्दा समेत दायर गरेको उपकुलपति सिंहले बताए । उपकुलपतिको कार्यालय र परीक्षा व्यवस्थापन कार्यालयबाट साइबर अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको बताइएको छ ।



    यस कार्यले सिङ्गो विश्वविद्यालयको मानमर्दन मात्र नभई आफ्नो चरित्र हत्या गर्ने काम भएको उपकुलपति प्रा डा सिंहले बताए। ‘यस घटनामा को–को संलग्न छन् भन्ने बारेमा अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन सुर्खेत र साइबर अपराध अनुसन्धान केन्द्रीय ब्यूरो काठमाडौँलाई जानकारी गराइसकेका छौँ’, उनले भने, ‘विश्वविद्यालय र मेरोपछि कुन समूह कसरी लागेको रहेछ भन्ने पर्दाफास अब बिस्तारै हुँदै जान्छ। म गलत छैन र यसमा आतिएको पनि छैन।’

    ‘मेरो व्यक्तिगत र संस्थागत जीवनप्रति लक्षित गर्दै श्रृंखलाबद्ध रूपमा आक्रमण भइहरको छ, यो निन्दनीय र अपराधिक मानसिकताको पराकाष्ठा हो,’ उपकुलपति सिंहले भने, ‘यस्ता खालका अपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई कानूनी दायरामा ल्याउन आज नै दुईवटा मुद्दा दायर गरेका छौं ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार