Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गृहमन्त्री खाँण र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।

सिंहदरवारस्थित गृह मन्त्रालयमा राजदूत यान्छी र गृहमन्त्री खाँणबीच भेटवार्ता भएको हो।

भेटमा यान्छीले सरकारलाई सफलताको शुभकामना दिँदै नेपाल-चीन मित्रतालाई थप उचाइमा पुर्‍याउन चाहेको उल्लेख गरिन् ।

यसका साथै गृहमन्त्री खाँणले पनि चीन सरकारले कोरोना खोप उपलब्ध गराएकोमा धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ।

यसअघि आजै बिहान राजदूत यान्छीले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरेकी थिइन्।

पछिल्लो समय नेपालीको राजनीतिक घटनाक्रममा चीनको सक्रियता बढेको चर्चा हुने गरेको छ ।

अहिले पनि कांग्रेस सभापति शेरबहादुर देउवा नेत्तृत्वको सरकारले पूर्णता नपाएको अवस्थामा चिनियाँ राजदूतको यो भेटलाई अर्थपूर्ण रुपमा बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077