Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेसीबिनाको बार्सिलोनाले रोनाल्डोको युभेन्टसलाई हरायो

एजेन्सी । इटालियन क्लब युभेन्टसलाई पराजित गर्दै क्याटलान क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफीको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा युभेन्टसलाई ३–० गोलले पराजित गर्दै बार्सिलोनाले उपाधि जितेको हो।

बार्सिलोनाको जितमा मेम्फिस डिपाए, मार्टिन ब्रेथवेट र रिकी पुजले गोल गरे। खेलको पहिलो हाफमा एक गोल गरेको बार्सिलोना दोस्रो हाफमा थप २ गोल गरेको थियो।

शुरुवातदेखि नै आक्रामक देखिएको बार्सिलोनाले खेलको तेस्रो मिनेटमा नै यसै अग्रता बनायो। उसका लागि हालै टोलीमा अनुबन्ध भएका मेम्फिस डिपाएल् गोल गरे। पहिलो हाफमा १–० गोलले अघि रहेको बार्सिलोनाले दोस्रो हाफको ५७औं मिनेटमा अग्रता दोब्बर बनायो। यसपटक मार्टिन ब्रेथवेटले गोल गरेका थिए।

त्यस्तै, खेलको ९०औं मिनेटमा सब्सिच्युट रिकी पुचले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जितसहित च्याम्पियन बनाए। रिकी पुच ७१औं मिनेटमा सर्जि रोबर्टाेको स्थानमा मैदान प्रवेश गरेका थिए।

बार्सिलोनाले इमर्सन, निको गोन्जालेज, युसुफ डेमिर, एलेजान्द्रो बाल्डे, रे मानाज र एलेक्स कोल्लाडोलाई मौका दिएका थिए। यता, युभेन्ट्सले पहिलो हाफसम्म आफ्ना स्टार क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा लगायतलाई मौका दिएका थिए। दोस्रो हाफमा अन्य अनुभवी खेलाडीले अवसर पाएपनि मौकाको सदुपयोग गर्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077