Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रेमीसँग शारीरिक सम्बन्ध राख्दा ३ वर्षकी छोरीले ‘डिस्टर्ब’ गरेपछि आमाले गरिन् हत्या

    प्रेमीसँग शारीरिक सम्बन्ध राख्दा ३ वर्षकी छोरीले ‘डिस्टर्ब’ गरेपछि आमाले गरिन् हत्या

    अनलाइन नेपाल
  • सोमबार, २५ साउन २०७८
  • 2.6K
    SHARES

    एजेन्सी । बेलायतकी एक महिलाले आफ्ना प्रेमीसँग शारीरिक सम्बनधमा कुनै बाधा नहोस् भनेर आफ्नी ३ वर्षकी छोरीको हत्या गरेको खुलासा भएको छ ।

    बेलायती संचार माध्यम डेलिमेलका अनुसार गत वर्ष ९ अगस्टका दिन काइली जायदे प्रिस्ट नामकी ३ वर्षकी बालिका मृत भेटिएकी थिइन् । उनको छाती र पेटमा चोट पाइएको थियो । बालिकाकी आमाले ९९९ मा फोन गरेर पुलिसलाई यसको जानकारी दिएकी थिइन् । अधिकारीहरुले जाँचको क्रममा बालिकाको हत्या आमाले नै गरेको पाएका थिए ।



    उक्त घटनापछि अदालतले बालिकाकी आमा र उनका २२ वर्षका प्रेमी क्यालम रेडफर्नलाई दोषी ठहर गरेको छ । अदालतका अनुसार ती महिलाले आफ्ना प्रेमीसँग शारीरिक सम्बन्ध राख्न खोज्दा छोरीले डिस्टर्ब गरेपछि उनले हत्या गरेकी थिइन् ।



    महिलालाई हत्या आरोपमा १५ वर्ष र बालबालिकामाथि क्रुरताको आरोपमा ३ वर्ष जेल सजाय सुनाइएको त्यहाँको संचारमाध्यमले जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार