Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्याङ्जाका उपप्रमुखसहित १० जना जुवाखालबाट पक्राउ

स्याङ्जा । जिल्ला समन्वय समिति(जिसस) स्याङजाका उपप्रमुख दिलीपकुमार बगालेसहित १० जना जुवाखालबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सहकारी संस्थाका प्रबन्धक, सरकारी विद्यालयका शिक्षकलगायत रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

एसपी बोगटीका अनुसार उनीहरुलाई वालिङ–९ क्याम्पसरोडबाट तास खेल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद ३५ हजार ९ सय ५० रुपैयाँ र तास बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077