Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

लियोनल मेसी क्रेज : टिकट काटेका छैनन्, पेरिसको एयरपोर्टमा पिएसजी समर्थकहरुको घुइँचो (भिडियो)

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पिएसजी) र अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी सहमति नजिक पुगेका छन्। २१ वर्षपछि बार्सिलोनाबाट बाहिरिएका मेसी र पिएसजीबीच केही दिनमै औपचारिक घोषणा हुने मिडिया रिपोर्टहरुमा दाबी गरिएको छ। पिएसजीले मेसीसँग औपचारिक प्रस्ताव नै राखिसकेको छ। प्रस्तावमा २ वर्ष सम्झौता गर्ने उल्लेख गरिएको छ। हाल उक्त प्रस्तावलाई मेसीका वकिलले अध्ययन तथा विश्लेषण गरिरहेका छन्। आइतबार मेसीले पिएजसीसँग छलफल भइहरेको भए पनि सम्झौता नभएको जानकारी दिएका दिए। पिएसजीबाट फुटबल खेलिरहेका नेयमारले मेसीका लागि जर्सी नम्बर १० दिने तयारी गरेको पनि उल्लेख गरिएको थियो। मेसीले नै आफू पिएसजीमा जान सक्ने सम्भावना रहेको बताएसँगै उनका समर्थक र पिएसजीका समर्थक उत्साहित भएका छन्। हाल पिएसजीका समर्थकहरु एयरपोर्टमा मेसीलाई स्वागत गर्न निस्किएका छन्। मेसी पेरिस कहिले जानेछन् त्यो निश्चित छैन। यतिसम्म कि मेसीले फ्लाइटसमेत बुक गरेका छैनन्। तर, उनलाई सस्वागत गर्न एयरपोर्टमा पिएसजीका समर्थकहरुको भने घुइँचो लागेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077