Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

युवतीलाई ‘धम्की’ दिएर जबरजस्ती करणी गर्ने युवक प्रहरीको खोरमा

पोखरा । प्रहरीले युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङजा अर्जुन चौपारी घर भइ हाल पोखरा –१७ बिरौटा बस्दै आएका ३६ वर्षीय ख्यामबहादुर घर्ती रहेका छन्।

घर्तीले २६ वर्षीया युवतीलाई डर, त्रास र धाक धम्की देखाएर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको हो। युवतीलाई पोखरा लेकसाइड खहरेमा रहेको एक होटलमा लगी जबरजस्ती करणी गरेको भन्ने जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिएका छन्।

पक्राउ परेका घर्तीलाई जिल्ला अदालत कास्कीबाट जबर्जस्ती करणी सम्बन्धी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077