Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकलको ठक्करबाट इन्सपेक्टरको ज्यान गयो

नवलपरासी । मोटरसाइलकको ठक्करबाट नवलपरासीमा प्रहरी निरीक्षक (इन्सपेक्टर)को मृत्यु भएको छ।

ज्यान गुमाउनेमा इन्स्पेक्टर कपिल वाग्ले रहेका छन्। तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय कपिल वाग्लेको गएराति रुपन्देहीको भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।

उनी इलाका प्रहरी कार्यालय बर्दघाटका इन्चार्ज थिए। बाटोमा हिंडिरहेको बेला उनलाई लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले गएराति आठ बजेतिर ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएपछि उनलाई उपचार गर्न भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा लगिएको थियो। उनको राति १० बजेर ५७ मिनेटमा मृत्यु भएको डिएसपी राजु लामाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077