Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मेसी र पिएसजी सम्झौता नजिक, कति पाउँछन् पारिश्रमिक ?

एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)ले अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीलाई अनुबन्ध गर्ने चर्चा चलिरहेको छ। यसका लागि पिएसजीले आफ्ना १० खेलाडीलाई ‘ट्रान्सफर लिस्ट’ मा राख्ने भएको छ।

मेसीले बार्सिलोना छोडेसँगै छलफलमा अघि बेढेको पिएसजीले केही दिनमै सनसनीपूर्ण डिल सार्वजनिक गर्ने मिडिया रिपोर्टहरुमा दाबी गरिएको छ। क्लबले मेसीलाई औपचारिक प्रस्ताव गरिसकेको छ। प्रस्तावमा २ वर्षको सम्झौता गरिने उल्लेख गरिएको छ।

त्यस्तै पिएसजीले मेसीलाई ३० नम्बरको जर्सी अफर गरेको छ। उनले बार्सिलोनाबाट डेब्यू गर्दा ३० नम्बरको जर्सी लगाएका थिए। हुन त उनलाई नेयमारले १० नम्बरको नै जर्सी दिन तयार भएका थिए। तर, मेसीलाई अस्वीकार गरे।

क्लबमा २ वर्ष सम्झौता गर्ने मेसीको तलब कति होला ? यो धेरैको चासो विषय हो। दि एथ्लेटिकका अनुसार मेसीले सम्झौता गरेबापत २१ मिलियन पाउण्ड स्टर्लिङ बोनस पाउनेछन्। त्यस्तै मेसीले पिएसजीमा रहँदा प्रत्येक वर्ष करिब ४० मिलियन पाउण्ड स्टर्लिङ तलब लिनेछन्। वर्तमान स्थितिमा पिएसजीबाहेक अन्य क्लबले मेसीलाई टोलीमा अनुबन्ध गर्न नसक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077