Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

क्याम्प नोउ अगाडि दर्दनाक दृश्य : ‘मेसी तिमी फर्की आउ’ भन्दै समर्थकको रुवाबासी (भिडियो)

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेसीले २१ वर्षपछि बार्सिलोना छाडे। ला लिगाको नियम र क्लबको आर्थिक संकटका कारण मेसी र बार्सिलोनाले चाहँदा चाहँदै पनि सम्झौता हुन सकेन। मेसीले क्याटलन क्लब छोड्ने भएपछि बार्सिलोना तथा उनका फ्यानहरु स्तब्ध भए। पत्रकार सम्मेलनमा उनी स्वयम पनि भावविह्वल हुँदै रोए। मेसीले बार्सिलोनामा रहँदा व्यवसायिक फुटबल जीवनमा पाउनुपर्ने सबै ठूला उपलब्धीहरु जितिसकेका छन्। मेसी र बार्सिलोनाबीचको दुई दशकसम्मको टुंगिँदा विश्व फुटबल नै स्तब्ध भयो। हाल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) मा अनुबन्ध हुने भएका छन्। त्यसका लागि उनी परिवारसहित बार्सिलोनाबाट पेरिस हाँक्किएका छन्। पिएसजी र मेसीबीच २ वर्षको सम्झौता हुनेछ। बुधबार नै मेसीले मेडिकल गर्ने बताइएको छ। यसैबीच बार्सिलोना र मेसीका समर्थकहरु भने गहिरो दुखमा परेका छन्। समर्थकहरुले बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ अगाडि रुवाबासी गरेका छन्। उनीहरुले ‘मेसी तिमी फर्की आउ’ भन्दै आफ्नो भावना व्यक्त गरिरहेका छन्। सामाजिक सञ्जालमा ती भिडियोहरु भाइरल भइरहेका छन्। उता मेसीले पेरिस जाने निश्चित हुनुअघि नै पिएसजीका समर्थकहरु एयरपोर्ट गएका थिए। उनीहरु मेसीलाई स्वागत गर्न ठूलो संख्यामा पेरिसको एयरपोर्टमा पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077