Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

धनुषामा करेन्ट लागेर भजनकिर्तनमा झुमिरहेका दुई जनाको मृत्यु

रामनारायण यादव, जनकपुरधाम । धनुषामा करेन्ट लागेर मंगलबार साँझ दुई जनाको मृत्यु भएको छ। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–३ पर्सा गाँउमा करेनट लागेर २ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर–३ का ५५ वर्षीय विन्दा दास र ५० वर्षीय मनिराम यादव रहेको धनुषा प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार बुलन यादवको घरमा भइरहेको भजनकिर्तनको क्रममा माइकमा करेन्ट प्रवाह हुँदा त्यसमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

हाल दुबै जनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077