Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पिएसजीसँग सम्झौता भएपछि मेसीले दिए यस्तो प्रतिक्रिया

एजेन्सी – २१ वर्षपछि बार्सिलोना छोडेका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी र पेरिस सेन्ट जर्मन (पिएसजी)बीच २ वर्षको सम्झौता भएको छ।

औपचारिक सम्झौतामा मेसी र क्लब दुबै पक्षबाट हस्ताक्षर भइसकेको छ। बार्सिलोना छाड्न बाध्य भएका मेसीले आफू पार्क डेस प्रिन्सेसको मैदानमा खुट्टा टेक्न निकै उत्साहित रहेको बताएका छन्।

‘म पेरिसमा मेरो करियरको शुरु गर्न आतुर छु। मेरो उद्देश्य र क्लबको दृष्टिकोण एक अर्कासँग मिल्छ,’ मेसीले भनेका छन्।

‘मलाई थाहा छ यहाँ निकै प्रतिभावान् खेलाडी र स्टाफ रहेका छन्। म क्लब र फ्यानका लागि केही राम्रो गर्न चाहन्छु। पार्क डेस प्रिन्सेसको मैदानमा खुट्टा टेक्न निकै उत्साहित छु,’ उनले थपे।

त्यसैगरी पीएसजीका अध्यक्ष नासेर अल खेलाफीले मेस्सीलाई पेरिसमा स्वागत गर्न पाउँदा आफू निकै उत्साहित भएको बताएका छन्। उनले आफ्नो टोलीले विश्वभर नयाँ इतिहास बनाएको हेर्न चाहना भएको पनि जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077