Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अन्ततः कांग्रेस महाधिवेशन सर्ने पक्का, देउवा र पौडेलले दिए यस्तो विकल्प

काठमाडौं – सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको महाधिवेशन सर्ने पक्का भएको छ। पार्टीको १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा गर्न नसकिने भन्दै नेताहरुमा यसमा सहमति जनाएका छन्।

तर अब महाधिवेशन कहिले गर्ने भन्नेमा पुनः अन्यौलता देखिएको छ। महाधिवेशन कहिलेसम्म सार्ने भन्ने विषयमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले फरकफरक विकल्प दिएका छन्।

देउवा पक्षले मंसिरमा महाधिवेशन सक्ने गरी कार्यतालिका तयार गर्नुपर्नेमा जोड दिएको छ भने पौडेल पक्षले असोजमै महाधिवेशन सम्पन्न गर्ने गरी भदौभित्र वडा अधिवेशन सुरु गर्ने नयाँ कार्यतालिका बनाउनुपर्ने प्रस्ताव गरेको छ।

बुधबारको बैठकमा सहभागी एक नेताका अनुसार महाधिवेशन सार्नका लागि शीर्ष नेताहरु तयार भए पनि त्यसको विकल्पबारे ठोस सहमति भएको छैन। यस विषयमा समझदारी जुटाउन केन्द्रीय कमिटी बैठकअघि शीर्ष नेताबीच छलफल हुने ती नेताले जानकारी दिए।

बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गर्ने पूर्वनिर्धारित एजेण्डा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077