Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१६ वर्षसम्मको प्रतिद्वन्द्व : मेसी पिएसजीमा आएपछि रामोसले के भने ?

एजेन्सी – अर्जेन्टिनी स्ट्राइकर लियानेल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनमा अनुबन्धित भएपछि यसको सर्वत्र चर्चा भयो। मेसीले बार्सिलोना छाडेपछि खेल जगत तात्नुमा धेरै कारणहरु छन्।

पहिलो कारण मेसी २१ वर्षपछि नचाहँदा नचाहँदै बार्सिलोना छाड्न बाध्य। दोस्रो मेसी र नेयमारको पुनर्मिलन। तेस्रो पिएसजीको आक्रमण लाइन अनि चौथो मेसी र सर्जियो रामोस एकै क्लबमा।

फुटबल इतिहासकै सबैभन्दा रोचक र प्रतिस्पर्धात्मक खेल हो ‘इएल क्लासिको’। दुई स्पेनिस महारथी बार्सिलाेना र रियल मड्रिडबीचको यो खेल विश्वमै सबैभन्दा धेरै हेरिने खेल हो। मेसी र रामोसको दुश्मनी (खेल मैदानको प्रतिद्वन्द्विता) त्यहीँबाटै शुरु भयो। यो दुश्मनी सन् २००५ मा शुरु भएको हो।

मेसीले बार्सिलोनाको सिनियर टोलीमा २००३ सा डेब्यू गरेका थिए। रामोस २००५ मा रियल मड्रिडमा आबद्ध भए। बार्सिलोना र रियल मड्रिडबीचको खेलहरुमा आफ्नो टोलीको प्रतिनिधित्व गर्दा दुई खेलाडीलाई विश्व फुटबलले जानीमानी दुश्मनको संज्ञा दियो। मैदानमा यी दुई एकअर्काविरुद्ध धेरैपटक आक्रोशित भएको पनि देख्न पाइयो।

तर संयोग नै भनौं यी दुई खेलाडीको दुश्मनी अब दोस्तीमा बदलिएको छ। उनीहरु दुबै पिएसजीमा आबद्ध भएपछि अब उनीहरु प्रतिद्वन्द्वी नभएर सहकर्मी बनेका छन्।

यसबीच रामोसले मेसीलाई पिएसजीमा स्वागत गरेका छन्। उनले इन्स्टाग्राममा एक पोष्ट गर्दै मेसीलाई स्वागत गरेका हुन्। ‘कसैले हामीलाई भन्दै थियो ? राइट लियोमेसी ? स्वागत छ,’ रामोसले आफ्नो र मेसीको डमीमा लगाइएको जर्सीको फोटो सेयर गर्दै लेखेका छन्।

पिएसजीले आउँदो शनिबार स्ट्रस्बर्गको सामना गर्दैछ। मेसीले उक्त खेलमा पिएसजीबाट ऐतिहासिक डेब्यू गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077