Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • हनी सिंहकी श्रीमती शालिनीको खुलासा– ‘ससुराले लुगाा फेर्दै गर्दा कोठामै आएर समाउँथे’

    हनी सिंहकी श्रीमती शालिनीको खुलासा– ‘ससुराले लुगाा फेर्दै गर्दा कोठामै आएर समाउँथे’

    अनलाइन नेपाल
  • बिहिबार, २८ साउन २०७८
  • 5.4K
    SHARES

    एजेन्सी – बलिउडमा दिनहुँ केही न केही विषयले राम्रो चर्चा पाइरहेको हुन्छ। तर, पछिल्लो केहीदिनहरुमा बलिउडमा दुई कुराले चर्चाको शिखर चुमेका छन्। एक शिल्पा सेट्टीका श्रीमान राज कुन्द्रा प्रकरण अनि अर्को र्‍यापर हनी सिंहकी श्रीमती शालिनी प्रकरण।

    हनी सिंहमाथि उनकै श्रीमती शालिनीले घरेलु हिंसामा मुद्धा हालेकी छिन्। हनी सिंहमाथि घरेलु हिंसाको आरोप लगाउँदै अदालत पुगेकी पत्नी शालिनी तलवारले त्यतिमै रोकिएकी छैनन्।



    उनले आफ्ना ससुरामाथि पनि गम्भीर आरोप लगाएकी हुन्। दिल्लीको तीस हजारी कोर्टमा दायर गरिएको १२० पानाको उजुरीमा शालिनीले सासु भूपिंदर कौर, ससुरा सरबजीत सिंह र भाउजु स्नेहा सिंहमाथि पनि आरोप लगाएकी छिन्। उनले आफ्ना पतिको परिवारको तर्फबाट गरिएको अत्याचारविरुद्ध सुरक्षा आदेशसहित अन्य राहतको माग गरेकी छिन्।



    शालिनीले ससुराविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी छिन्। उनका अनुसार उनका ससुरा उनको कोठामा यत्तिकै पसिरहन्थे। एक पटक उनले कपडा फेरिरहेको बेलामा ससुराले गलत तरिकाले हात लगाएका थिए।

    उनले हनी सिंहको कैयौं महिलासँग अवैध सम्बनध भएको आरोप लगाउँदै आएकी छिन्। एकपटक युवतीसँग रंगेहात समातिएपछि हनी सिंहले आफूमाथि बियरको बो.तल हानेको पनि उनले आरोप लगाएकी छिन्। रिपोर्टका अनुसार शालिनीले घरेलु हिंसाबाट महिलाको संरक्षण अधिनियम अन्तर्गत हनी सिंहसँग १० लाख रुपैयाँ क्षतिपूर्ति मागेकी छिन्। उनले अदालतले हनी सिंहलाई २८ अगस्टसम्म जवाफ दिन आदेश दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार