Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, महाधिवेशनबारे यस्तो निर्णयको तयारी

काठमाडौं । बिहीबारबाट सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पनि बस्दैछ। बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको निजि निवास बूढानिलकण्ठमा बिहान ११ बजे बस्ने बताइएको छ।

आजको बैठकमा पनि बिहीबारकोजस्तै केन्द्रीय सदस्यले आ–आफ्नो धारण राख्नेछन्। केन्द्रीय सदस्यले दिएको सुझावलाई समेटेर बैठकले महाधिवेशनको नयाँ कार्यतालिका ल्याउने तयारी भइरहेको बुझिएको छ।

कांग्रेसका नेताहरु महाधिवेशन सार्न सहमत भइसकेका छन्। तर महाधिवेशनको मिति कहिलेसम्म सार्ने भन्नेमा मतभेद देखिएको छ। यसका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र देउवा पक्षले फरफरक प्रस्ताव पेस गरेका छन्।

संस्थापन पक्ष भदौमै वडा अधिवेशन गरेर महाधिवेशनका लागि केही समय लिने पक्षमा देखिएको छ। छठपछि महाधिवेशन भए आफ्ना लागि अनुकूल हुने संस्थापन पक्षको बुझाइ छ।

भदौमा वडा अधिवेशन गरेर केही समय लिँदै छठपछि महाधिवेशनका लागि जोड दिने संस्थापन पक्षको रणनीति देखिन्छ। वरिष्ठ नेता पौडेलले भदौमै वडा अधिवेशन गरेर असोजको दोस्रो साता (दसैं)सम्म महाधिवेशन गरिसक्नुपर्ने पक्षमा छन

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077