Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मेसी पिएसजीबाट ऐतिहासिक डेब्यु गर्न तयार : यसकारण करियरकै विशेष हुनेछ त्यो खेल

एजेन्सी – लियोनल मेसी पेरिस सेन्ट जर्मन (पिएसजी)बाट ऐतिहासिक डेब्यु नजिक छन्। शनिबार लिग वानमा पिएसनीले स्ट्रासबर्गको सामना गर्दैछ।

उक्त खेलमा ३४ वर्षीय अर्जेन्टाइन स्ट्राइकर मेसीले पिएसजीका लागि पहिलो खेल खेल्नेछन्। खेल नेपाली समयअनुसार राति १२ः४५ बजे शुरु हुनेछ। मेसीका लागि यो विशेष खेल हुनेछ। उनी बार्सिलोनाबाहेक कुनै पनि क्लबबाट पहिलोपटक व्यवसायिक फुटबल खेल्दैछन्।

यसो त पिएसजीमा मेसीको डेब्युलाई लिएर उनका समर्थकहरु र पिएसजीका समर्थकहरु निकै उत्साहित भएका छन्।

पिएसजीले हाल फुटबल इतिहासकै सबैभन्दा आक्रामक टोली बनाएको छ। उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेण्डर र उत्कृष्ट गोलकिपरको कम्बिनेशन रहेको टोलीले कस्तो खेल प्रदर्शन गर्ला भन्ने कौतुहलता पनि रहेको छ।

मेसीले २१ वर्षपछि नचाहँदा नचाहँदै बार्सिलोना छाडेका थिए। ला लिगाको नियम र बार्सिलोनाको आर्थिक संकटका कारण उनी क्लब छाड्न बाध्य भएका हुन्। उनले पिएसजीसँग २ वर्षको सम्झौता गरेका छन्।

पिएसजीबाट पहिलो खेल खेल्दै मेसीको नेयमारसँग पुनर्मिन हुने, वषौंदेखिका प्रतिद्वन्द्वी सर्जियो रामोसँगै खेल्ने, आक्रामक टोलीको महत्त्वपूर्ण खेलाडीका रुपमा मैदान उत्रने, करौडौं समर्थकहरुको प्रतीक्षा मेटाउने अवसर उनीसँग रहेका कारण उनका लागि यो खेल विशेष हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077