Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमसीसी ‘पास’ गर्न प्रचण्डले ओलीलाई ‘फेल’ गराए, देउवालाई पनि ‘फेल’ गराउन यस्तो तयारी !

    एमसीसी ‘पास’ गर्न प्रचण्डले ओलीलाई ‘फेल’ गराए, देउवालाई पनि ‘फेल’ गराउन यस्तो तयारी !

    अनलाइन नेपाल
  • शुक्रबार, २९ साउन २०७८
  • 2.9K
    SHARES

    काठमाडौं – अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) अहिले बहसको केन्द्रमा छ। यस विषयमा नेता, विज्ञ कलाकार, बुद्धिजीवी, सर्वसाधरण सबैले आफ्नो विचार व्यक्त गरिरहेका छन्।

    एमसीसी सम्झौता देशका लागि हितकारी छ वा छैन भन्नेमा मतभेद देखिएको छ। कतिपय नेताहरुले एमसीसी देशको हितविपरीत रहेको भन्दै यसलाई अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन्। कतिपयले यसले देश विकासमा सहयोग गर्ने भएकाले पास गर्नुपर्ने बताउँदै आएका छन् भने कतिपयले यथास्थितिमा नभई यसलाई संशोधन गरी पास गर्नुपर्ने धारणा राखेका छन्।



    केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले नै एमसीसीलाई सदनमा लगेर पास गराउने प्रयास गरेको थियो। तर, त्यो सम्भव भएन। प्रधानमन्त्री नै इच्छुक भए पनि किन रोकियो त एमसीसी ? अमेरिकाले चाहे पनि चीन र अन्य देशको प्रभावका कारण एमसीसी पास हुन सकेको पनि बताइन्छ।



    तर, हालै प्रधानमन्त्री देउवा दिएको एक अभिव्यक्तिपछि एमसीसी पास नहुको एउटै कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेको स्पष्ट भएको छ।

    सरकार चलाउन सहजता होस् भनी गठन भएको सत्ता गठबन्धनको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीले स्थान पाएन। सर्वत्र चर्चाको विषयले न्यूनतम साझा कार्यक्रममा स्थान नपाएपछि यसबारे प्रश्नहरु पनि उठे। कांग्रेसकै नेताहरुले पनि प्रश्न उठाएपछि देउवाले यसको उत्तरकारुपमा प्रचण्डलाई तेर्साए।

    प्रचण्डनिकट एक नेताका अनुसार अघिल्लो पटकको सरकारले चाहे पनि प्रचण्डकै अडानका कारण एसमीसी अघि बढ्न नसकेको हो। ‘केपी शर्मा ओलीजीको सरकारकै पालामा एसमीसी टेबल हुन लागेको थियो तर प्रचण्डजीले नै रोक्नुभयो,’ ती नेताले भने, ‘उहाँलाई अन्य केही साथीहरुले पनि साथ दिएका थिए।’

    प्रचण्डले एमसीसीलाई यही अवस्थामा लागू गर्न नहुने बताउँदै आएका छन्। उनी बिना संशोधन एमसीसीलाई पास गर्न नहुने अडानमा छन्। प्रचण्ड इफेक्टकै कारण सभामुख अग्नि सापकोटाले एमसीसीलाई टेबुल गर्न मानिरहेका छैनन्। सापकोटाले यस विषयमा बुधबार राष्ट्रिय सहमति हुनुपर्ने धारणा व्यक्त गरे।

    सभामुख राष्ट्रिय सहमतिको विषय उठाउनुले पनि एमसीसीलाई अघि बढाउन हतार गर्न नहुने संकेत गरेको छ। तत्कालको अवस्था हेर्ने हो भने एमसीसीमा राष्ट्रिय सहमति हुने माहोल छैन।
    यथास्थितिमा एमसीसी सम्झौता पास भएमा त्यसले देशलाई दीर्घकालिन असर गर्न सक्नेमा प्रचण्ड जानकार रहेको उनीनिकट स्रोत बताउँछ।

    ‘राष्ट्रको हित विपरीतका कुनै पनि सम्झौता नगर्ने अडानमा प्रचण्डजी हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘ओलीजीको सरकारलाई एमसीसी पास गर्नबाट रोक्नुभएको उहाँले देउवा सरकारलाई पनि राष्ट्रघाती निर्णय गर्नबाट रोकिरहनु भएको छ।’

    एमसीसी र प्रचण्डबारे के भने प्रधानमन्त्री देउवाले ?

    बिहीबार त प्रधानमन्त्री देउवाले प्रचण्डकै कारण मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सरकारको न्यूनतम कार्यक्रममा नराखिएको बताएका थिए।

    नेपाली कांग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा प्रधानमन्त्री देउवाले प्रचण्ड नमानेका कारण एसीसी साझा कार्यक्रममा नअटाएको बताएका हुन्।

    उपसभापति विमेन्द्र निधिले देउवालाई सरकारको साझा न्यूनतम कार्यक्रममा एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको विषय किन नसमेटिएको भनी प्रश्न गरका थिए। जवाफमा उनले ती विषय राख्न खोजिएको तर प्रचण्डले नमानेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार