Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

समान अध्यक्ष र हस्ताक्षरमा अड्कियो एमाले एकता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी एकताका लागि हरसम्भव प्रयास गरिने बताएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सर्तमाथि सर्त बढाए पनि पार्टी एकताको प्रयास जारी राखिको ओली पक्षको भनाइ छ।

एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको बताएका छन्। प्रेस चौतारी नेपाल बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता ज्ञवालीले माधव नेपाल पक्षले सर्तमाथि सर्त बढाउँदै लगे पनि पार्टी एकता जोगाउन असन्तुष्ट पक्षलाई मूलधारमा ल्याउने प्रयास भइरहेको उल्लेख गरे।

पार्टी एकताको लागि अधिकतम लचकताका साथ प्रस्तुत भएको जानकारी गराउँदै उनले समान अध्यक्ष र हस्ताक्षरमा कुरा अड्किएको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077