Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • एमाले एकता हुन नसक्ने माधव नेपालको संकेत

    एमाले एकता हुन नसक्ने माधव नेपालको संकेत

    अनलाइन नेपाल
  • शनिबार, ३० साउन २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब पार्टी एकता टरेको संकेत गरेका छन्। बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहण कार्यक्रममा नेता नेपालले अब पार्टी एकता जोगाउन नसकिने आशय व्यक्त गरेका छन्।

    पार्टी एकता र विभाजनको दोबाटोमा पुगेको जानकारी दिँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकलौटी गतिविधि एकता विरोधी रहेको बताए। पार्टीका एकतर्फी गतिविधिहरु रोक्न माग गरे पनि ओली समूहले वेबास्ता गरेपछि अब पार्टी विभाजनको संघारमा पुगेको उनले जानकारी दिए।



    अहिले पार्टीको विधान संशोधन गर्ने प्रस्ताव सुनिसकेपछि भ्रममा परेका नेताहरु पनि निराश भएको बताउँदै उनले वामदेव गौतमले जस्तो अपमानित भएर पार्टीमा बस्न नसकने स्पष्ट पारे।



    उनले ओलीले माधव नेपाल जस्तालाई एमालेमा ठाउँ छैन भनिरहेको तर एकताको कुरा गर्ने साथीहरूले सबै निर्णय खारेज हुन्छ भने पनि अहिलेसम्म कुन निर्णय खारेज भयो भनेर प्रश्न गरे। केपी ओलीका महासचिवले आउने आउँछन् जाने जान्छन् पार्टी अगाडि बढ्छ भन्ने गरेको पनि नेता नेपालले बताए। त्यस्तो अवस्थामा लुरुक्क परेर ओलीको टाङमुनि नछिर्ने बरु क्रान्तिकारी ढङ्गले पार्टीलाई अगाडि बढाउने उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार