Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ला लिगामा बार्सिलोनाले पहिलो खेल खेल्दै, यस्तो छ सम्भावित प्लेइङ ११

एजेन्सी – स्पेनिस लिग ला लिगा फुटबलमा बार्सिलोनाले नयाँ सिजनको पहिलो खेल खेल्दैछ। बार्सिलोनाले लिगको पहिलो खेलमा रियल सोसिडाडको सामना गर्दैछ। हुन त यो सोसिडाडको पनि पहिलो खेल हो।

खेल नेपाली समयअनुसार आइतबार राति ११ः४५ बजे शुरु हुनेछ। यो खेलमा बार्सिलोना सोसिडाडलाई आफ्नो घरमा स्वागत गर्दैछ।

दुबै टोली जित निकाल्दै लिगमा सुखद शुरुवात गर्ने दाउमा छन्। लामो समयपछि लियोनल मेसीबिना बार्सिलोनाले औपचारिक खेलको शुरुवात गर्दैछ। २१ वर्षसम्म बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलेका मेसी हाल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)मा आबद्ध भइसकेका छन्।

धेरै फुटबल समर्थकहरुले टोलीमा मेसी नभएपछि बार्सिलोना खेल कस्तो होला भनेर चासोका साथ हेरिसकेका छन्। यसो त मेसीबिनाको बार्सिलोना जोन ग्याम्पर ट्रफीमा इटालियन क्लब युभेन्टसलाई ३–० गोलको नमिठो हार चखाइसकेको छ।

सोसिडाडविरुद्ध बार्सिलोना सम्भवतः ४–३–३ को फर्मेसनमा मैदान उत्रने छ। घरेलु मैदानमा टोलीको आक्रमण ग्रिजम्यान, ब्रेथवेट र मेम्फिसले सम्हाने अनुमान गरिएको छ।

बार्सिलोनाको सम्भावित शुरुवाती ११ :
नेटो, डेस्ट, पिके, लेङ्लेट, अल्बा, रोबेर्टो, बुस्केट्स, डृमिर, ग्रिजम्यान, ब्रेथवेट, मेम्फिस

त्यस्तै पाहुना टोली सोसिडाड पनि ४–३–३ को फर्मेसनमा नै मैदान उत्रने सम्भावना छ। टोलीको आक्रमण जानुजाज, ओयर्जाबल र पोर्टुले सम्हाल्ने छन्।

यस्तो छ सोसिडाडको सम्भावित शुरुवाती ११ :
रेमिरो, गोरोसबेल, इलुस्टोन्डो, ले नोरमान्ड, मुनोज, गुएभारा, इल्लारामेन्डी, सिल्भा, जानुजाज, ओयर्जाबेल, पोर्टु

दुई टोलीबीचको पछिल्ला ५ खेलहरुमध्ये बार्सिलोनाले ४ खेल जितेको छ भने एक खेल बराबरीमा सकिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077