Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मेसीबिनै चम्कियो बार्सिलोना, ला लिगाको पहिलो खेलमै शानदार जित

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले घरेलु लिग ला लिगाको नयाँ सिजनको पहिलो खेलमा शानदार जित निकोलेको छ। आइतबार राति घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ गोलले पराजित गरेको हो।

बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले २ गोल, जेरार्ड पिके र सर्जियो रोबेर्टोले एक–एक गोल गरे। रियल सोसिडाडका लागि जुलेन लोबबेटे सिन्फुइगोसले र मिकेल ओयर्जाबालले एक–एक गोल फर्काए।

खेलको शुरुवातदेखि नै बलमा राम्रो पडक बनाएको बार्सिलोनाले पहिलो गोलका लागि १९ मिनेटसम्म कुर्नुपरेको थियो। १९ औं सहकर्मीले प्रहार गरेको फ्रिकिक बललाई पिकेले हेडमार्फत पोष्टको दिशा दिएका थिए।

त्यस्तै पहिलो हाफको थप गरिएको समयमा ब्रेथवेटले टोलीको अग्रता दोब्बर बनाए। उनले पनि हेडरमार्फत गोल गरेका थिए। दोस्रो हाफको ५९ औं मिनेटमा ब्रेथवेटले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता तेब्बर बनाए।

खेलमा दबाब झेलिरहेको सोसिडाडले ठूलो प्रयासपछि ८२ औं मिनेटमा गोल फर्कायो। जुलेनले उत्कृष्ट गोल गर्दै सोसिडाडलाई थोरै राहत दिलाएर त्यसको ३ मिनेटपछि नै सोसिडाड अर्को गोल थप्यो। मिकलेलले अन्तिम समयतिर पाहुना टोलीलाई खेलमा फर्काउने प्रयास गरे।

तर सर्जियो रोबेर्टोले थप गरिएको समयको पहिेलो मिनेटमा गोल गर्दै बार्सिलोनाको जित पक्का गरे। यससँगै बार्सिलोनाले लिगमा शुखर शुरुवात गरेको छ। उसले एक खेलबाट ३ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077