Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • सप्तरीमा करेन्ट लागेर २५ बर्षीय यादवको मृत्यु

    सप्तरीमा करेन्ट लागेर २५ बर्षीय यादवको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १ भाद्र २०७८
  • 1.8K
    SHARES

    रामनारायण यादव / सप्तरी । सप्तरीमा करेन्ट लागएर एक युवकको सोमबार दिउँसो मृत्यु गएको छ ।

    मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नम्वर १० बदगमा बस्ने अन्दाजि २५ वर्षीय बैजु यादवको करेन्ट लागेर मृत्यु भएको हो ।



    स्थानीय केशरी पासवानको घरमा काम गर्न गएको बेला फलामको रड काट्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लगेर शिकिस्त भएका यादवलाई उपचारको लागि राजविराजस्थिसत गजेन्द्र नारायण सिंह अस्पातालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।



    घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार