Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बोक्नै नसक्ने लागूऔषधसहित पक्राउ परेका सरकारी कर्मचारीले उल्टै प्रहरीलाई धम्क्याए

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले अवैध लागूऔषधसहित एक सरकारी कर्मचारीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको धनकौल गाउँपालिकामा कार्यालय सहयोगी पदमा कार्यरत जयकिशोर सिंह रहेका छन्।

सिंहलाई सोमबार प्रहरी निरीक्षक धर्मेन्द्र सिंह भण्डारीको टोलीले ३७१ थान लागूऔषध कोडवेल बोतलसहित पक्राउ गरेको हो ।

स्रोतका अनुसार पक्राउ परेका सिंहले आफू दुई नम्बर प्रदेशको प्रदेश सभाका सदस्य एवं महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बीरेन्द्र सिंहको आफन्त भएको बताउँदै पक्राउ परे पनि कसैले केही गर्न नसक्ने भन्दै उल्टै धम्क्याउने गरेको प्रहरीको भनाइ छ।

यस बिषयमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077