Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नयाँ पार्टीमार्फत् वामपन्थी आन्दोलनको झण्डा फहराउने माधव नेपालको घोषणा

    नयाँ पार्टीमार्फत् वामपन्थी आन्दोलनको झण्डा फहराउने माधव नेपालको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १ भाद्र २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र आन्तरिक एकताका लागि आफूहरु सँधै तत्पर रहेको र यो प्रयास नयाँ पार्टी खुलेको स्थितिमा पनि जारी रहने बताएका छन्।

    पार्टीको आफू निकट जनसङ्गठनका पदाधिकारीलाई आज भर्चुअल सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले यसबीचमा गरेका कतिपय ‘गलत र एकपक्षीय’ निर्णय फिर्ता लिएमा एकता सम्भव हुने अन्यथा नयाँ पार्टीमार्फत वामपन्थी आन्दोलनको झण्डालाई फहराइने स्पष्ट गरे । उनले सही कार्यदिशामा आउन तयार भएमा अहिले एकता सम्भव नभए निर्वाचनमा तालमेल वा निर्वाचनपछि पनि सहकार्य र एकताको सम्भावना सधैं रहने बताएका हुन् । उनले आफ्ना कार्यकर्तालाई एमालेको सदस्यता नवीकरण र समानान्तर गतिविधिमा सक्रिय हुन पनि आग्रह गरे।



    आजै आफूले उपमहासचिव घनश्याम भुसालको प्रस्तावमा एकताका लागि विकल्पबारे छलफल गर्न अध्यक्ष ओली पक्षसँग पठाएको जानकारी दिँदै त्यसको प्रगति भइनसकेको बताए । उनले पार्टीले आफूसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई पदमुक्त गर्न सङ्घीय संसद् सचिवालयमा सिफारिस गरेको सुनिएकोमा विरोध गरे ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार